बागमती प्रदेशको बजेट अधिवेशन वैशाख ३१ गते आह्वान गर्न सिफारिस


  • Himalayan Bank Limited (HBL)
बागमती प्रदेशको बजेट अधिवेशन वैशाख ३१ गते आह्वान गर्न सिफारिस

हेटौंडा : बागमती प्रदेश सरकारले वैशाख ३१ गते  बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि वर्षे अधिवेशन बोलाउन प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। 

मन्त्रिपरिषद्को निर्णय बमोजिम प्रदेश प्रमुख शर्माले संसद् अधिवेशन आह्वान गर्ने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए। बजेट अधिवेशनको रुपमा रहेको यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट संसद्मा पेस गर्ने तथा छलफल गरी पारित गरिने जनाइएको छ। 

Read More