बढ्दो सामाजिक सुरक्षाको भार: यस्ता छन् दायित्व घटाउने र स्रोत बढाउने विकल्प


  • Himalayan Bank Limited (HBL)
बढ्दो सामाजिक सुरक्षाको भार: यस्ता छन् दायित्व घटाउने र स्रोत बढाउने विकल्प

आगामी वर्षको बजेट निर्माणको तयारीमा रहेको सरकारलाई स्रोत व्यवस्थापनको दबाब बढेको छ। 

राजस्व वृद्धिदर घट्दो क्रममा रहँदा विगतमा ल्याएको सार्वजनिक ऋणको सावाँ तथा ब्याज भुक्तानी दायित्व, चालु प्रकृतिका कार्यक्रमको अनिवार्य दायित्व निकै बढेको छ। 

खर्चको तुलनामा राजस्व स्रोत न्यून भएपछि चालु प्रकृतिका कार्यक्रममा समेत सार्वजनिक ऋण खर्च गर्न सरकार बाध्य भएको छ। विगतमा नै ठूलो दायित्व सिर्जना भएर पनि पुँजीगत खर्च गर्ने सरकारको क्षमता घटेको छ।

विशेषगरी स्रोतको सीमितताबीच सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रममा सरकारको दायित्व निकै बढेको छ।

Read More