२७ वैशाख, काठमाडौं । हाथवे इन्भेस्टमेन्ट कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवको सोही अवधिमा १ करोड २२ लाख नोक्सानीमा थियो ।
कुल आम्दानीमा आएको वृद्धिले नाफा बढेको छ । चालु आवको तेस्रो त्रैमासमा कुल आम्दानी २३ करोड ४३ लाख रुपैयाँ गत आवको यसै अवधिमा यस्तो आम्दानी १२ करोड ३८ लाख थियो ।



