२७ वैशाख, काठमडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेटेर बजेट ल्याउन सुझाव दिएका छन् ।
बिहीबार नेपाल आर्थिक पत्रकार समाज ‘सेजन’ले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा आयोजना गरेको प्रि-बजेट छलफलमा लगानी सम्मेलनका प्रतिवद्दता बजेटले पूरा गर्नुपर्ने उनले बताएका हुन् ।



