बङ्गलादेशले घट्दो विदेशी विनिमय सञ्चितिको सामना गरिरहेको बेला वासिङ्टनस्थित अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बुधबार आफ्ना कर्मचारी र बङ्गलादेश करिब एक अर्ब २० करोड डलरको वित्तीय अनलक गर्ने सम्झौतामा पुगेको बताएको छ ।
राजधानी ढाकामा दुई साताको वार्तापछि बोर्डको स्वीकृतिको अधीनमा जारी तीनवटा कार्यक्रमको पछिल्लो हिस्सा भुक्तानी गर्नका लागि ‘कर्मचारीस्तरीय सम्झौता’ भएको आइएमएफले बताएको छ ।


