आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिनुपर्छ: अर्थमन्त्री पुन


  • Himalayan Bank Limited (HBL)
आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिनुपर्छ: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशत हाराहारीमा आर्थिक बृद्धि गर्ने लक्ष्य लिनुपर्ने बताएका छन् । आज आयोजित प्रि बजेटरी छलफलमा भुकम्पपछि पुर्वाधार निर्माणको क्षेत्रमा भएको लगानीका कारण आर्थिक बृद्धि बढि देखिएको र अहिले उक्त केही घटेको बताउँदै आगामी वर्ष सरकारले आर्थिक बृद्धि ७ प्रतिशत पुर्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन्।

अर्थमन्त्री पुनले बजेट निर्माणको लागि धेरै क्षेत्रसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको र अधिकांश क्षेत्रको कुरा सुनिएको बताउँदै अब धेरै क्षेत्रको कुरा सुन्न बाँकी नभएको बताए । अर्थमन्त्री पुनले निजि क्षेत्रकै सुुझाव र सल्लाह लिएर अघि बढ्ने नीति भएकोले कुनै क्षेत्रका व्यवसायीहरुले निर्धक्क भएर उद्योग व्यवसाय अघि बढाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् ।

Read More