प्रदेशस्तरमा पनि सहकारीको बेहाल, बागमती मै ४४ वटा सहकारी समस्याग्रस्त


  • Himalayan Bank Limited (HBL)
प्रदेशस्तरमा पनि सहकारीको बेहाल, बागमती मै ४४ वटा सहकारी समस्याग्रस्त

सहकारी संस्थाको बेथिति प्रदेशस्तरमा रहेका संस्थाहरुमा झन विकराल भएको पाइएको छ । संघीय सरकार माताहतका २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरि कारवाही प्रक्रिया अघि बढिरहँदा सात वटा प्रदेशमा सञ्चालनमा रहेका सहकारी संस्थामा पनि ठूलो समस्या देखिएको  छ ।

प्रदेश सहकारी रजिस्ट्रार कार्यालयको विवरण अनुसार कोशी प्रदेशमा मात्र ८१ करोड रुपैयाँ अपचलन भएको छ । कोशी प्रदेशको अम्बेकोशी बचत तथा ऋण सहकारी सस्था लिमिटेडबाट मात्रै ६१ करोड रुपैयाँ अपचलन भएको छ । 

Read More