नौ महिनामा १६ अर्ब बढीको सुन नेपाल भित्रियो, भाउ निरन्तर बढ्दा आयात र कारोबार घट्याे


  • Himalayan Bank Limited (HBL)
नौ महिनामा १६ अर्ब बढीको सुन नेपाल भित्रियो, भाउ निरन्तर बढ्दा आयात र कारोबार घट्याे

चालु आर्थिक वर्षका पहिलो ९ महिनामा १६ अर्ब बढीको सुन भित्रिएको छ। भन्सार विभागको चैतसम्मको तथ्याङ्क अनुसार कुल १६ अर्ब १२ करोड रुपैयाँको सुन नेपाल भित्रिएको छ।

गत आर्थिक वर्षको चैतसम्ममा १७ अर्ब २८ करोड रुपैयाँको सुन आयात भएकोमा चालु आर्थिक वर्षमा सुनको आयात केही घटेको छ।

गत आर्थिक वर्षको चैतसम्ममा २ हजार ३१७ किलो सुन आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ हजार ९०२ किलो मात्रै सुन आयात भएको छ। यो गत वर्षको तुलनामा करिब ३०० किलो कम हो।

राष्ट्र बैंकले आयातमा गरेको कडाई, सुनको भाउमा भएको बृद्धिले मागको कमी हुँदा सुनको आयात पनि घटेको हो। अहिले बजारमा सुनको कारोबार पनि घटेको व्यवसायीहरु बताउँछन्।

Read More