अष्ट्रेलियाद्वारा विद्यार्थी भिसा नियमहरु थप कडाई, भिसाका लागि आवश्यक बैंक ब्यालेन्स रकम पुनः बढायो


  • Himalayan Bank Limited (HBL)
अष्ट्रेलियाद्वारा विद्यार्थी भिसा नियमहरु थप कडाई, भिसाका लागि आवश्यक बैंक ब्यालेन्स रकम पुनः बढायो

काठमाडौं : अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका लागि वित्तीय आवश्यकतामा उल्लेख्य वृद्धि गरेको छ । शुक्रबारदेखि लागू हुने नयाँ नियमपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरुले भिसाका लागि योग्य हुन कम्तीमा २९ हजार ७१० अस्ट्रेलियन डलर बैंक बचत देखाउनु पर्ने भएको छ । आप्रवासीको संख्यामा नयाँ उचाईमा पुगेको र विद्यार्थीहरुको शोषण हुने चिन्तालाई सम्बोधन गर्ने लक्ष्यसहित अस्ट्रेलियाले विद्यार्थी भिसामा कडाई गर्न लागेको हो ।

अस्ट्रेलियाले भिसाका लागि आवश्यक बैंक ब्यालेन्स रकम करिब सात महिनामा दोस्रो पटक वृद्धि गरेको हो । यसअघि गत अक्टोबरमा पनि आवश्यक बैंक बचत २१ हजार ४१ बाट बढाए र २४ हजार ५०५ अस्ट्रेलियन डलर बनाएको थियो । यो परिवर्तन विद्यार्थी भिसा नियमहरु कडा गर्न अपनाइएका व्यापक प्रयासहरुकै एक हिस्सा हो ।

Read More