विराटनगर । कोशी प्रदेश सरकारले सबै मन्त्रालयलाई २८ अर्ब ३२ करोड ४० लाख बराबरको बजेट सिलिङ पठाएको छ । सोही बजेट सिलिङलाई आधार मानेर मन्त्रालयगत बजेट निर्माण गर्न भनिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले बताए । चालू आर्थिक वर्षमा प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको थियो । चालू आर्थिक वर्षको अन्त्यसम्ममा उक्त बजेटको ८० प्रतिशत खर्च हुने प्रदेश सरकारको अनुमान छ ।



