२६ वैशाख, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा गत आवको यसै अवधिको तुलनामा ७.९ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको मुख्य बिजनेस नै विभिन्न आयोजनामा ऋण लगानी गर्ने र सोवापतको ब्याज तथा शुल्क नै आम्दानीको मुख्य स्रोत हो । यस्तो आम्दानी सामान्य बढेको छ । कम्पनीको यस्तो वित्तीय आम्दानी १ अर्ब ५८ करोड छ । गत आवको यसै अवधिमा १ अर्ब ५६ करोड रुपैयाँ थियो । कम्पनीले इक्वीटीका रुपमा पनि विभिन्न आयोजनाहरुमा लगानी गरेको छ ।



