साउदी अरामकोको आम्दानी १४ प्रतिशत घट्दा पनि पहिलो त्रैमासमा ३१ अर्ब डलर लाभांश घोषणा, यस वर्ष कुल १ खर्ब २४ अर्ब डलर वितरण गर्ने


  • Himalayan Bank Limited (HBL)
साउदी अरामकोको आम्दानी १४ प्रतिशत घट्दा पनि पहिलो त्रैमासमा ३१ अर्ब डलर लाभांश घोषणा, यस वर्ष कुल १ खर्ब २४ अर्ब डलर वितरण गर्ने

विश्वको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरबको ‘साउदी अरामको’ ले आम्दानी घटेपनि सरकार र सेयरधनीहरुलाई अराबौं डलर लाभांश वितरण गर्ने घोषणा गरेको छ । सरकारी स्वामित्वको तेल कम्पनी अरामकोले तेलको भाउमा आएको कमी र बिक्री मात्रा पनि घटेपछि सन् २०२४ को पहिलो त्रैमासमा आम्दानी घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीमा साउदी सरकारले प्रत्यक्षरुपमा ८२% हिस्साको स्वामित्व लिएको छ । अरामकोले मंगलबार पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक गर्दै सरकार र सेयरधनीहरुलाई ३१ अर्ब डलर लाभांश वितरण गर्ने बताएको छ । अरामकोले वितरण गर्ने लाभांशमा साउदी अरब निकै निर्भर रहँदै छ । यद्दपि, विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदीले आफ्नो अर्थतन्त्रलाई तेलबाट टाढा विविधीकरण गर्न अरबौं डलर खर्च पनि गरिरहेको छ ।

Read More