जीवी राई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुरा गरिसकेको छु : गृहमन्त्री लामिछाने


  • Himalayan Bank Limited (HBL)
जीवी राई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुरा गरिसकेको छु : गृहमन्त्री लामिछाने

काठमाडौं :  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीवी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुरा भइसकेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले राईलाई पक्राउ गर्नेबारे आफूले मलेसियाका गृहमन्त्रीसँग छलफल गरिसकेको बताएका हुन्।

रास्वपा सभापति समेत रहेका लामिछानेले केही कानुनी जटिलताका कारण राईलाई ल्याउन अप्ठ्यारो पर्ने भएपनि त्यसबारे समेत त्यहाँको राजनीतिक तहमा छलफल गरेको जानकारी दिए।

Read More