एकाघर बीमाको नयाँ नियममा अभिकर्ता र बीमा कम्पनीको विरोध, व्यवसाय ठप्प पार्नेे चेतावनी


  • Himalayan Bank Limited (HBL)
एकाघर बीमाको नयाँ नियममा अभिकर्ता र बीमा कम्पनीको विरोध, व्यवसाय ठप्प पार्नेे चेतावनी

बीमा बजारलाई थप पारदर्शी र अनुशाशित बनाउने क्रममा नियामक नेपाल बीमा प्राधिकरणले एकपछि अर्को गर्दै विभिन्न किसिमका नीति नियममा परिवर्तन तथा संशोधन गरिरहेको छ। अभिकर्तामा आधारित बीमा व्यवसायलाई थप अनुशासित बनाउने भन्दै अभिकर्ताको लागि परीक्षा अनिवार्य गरिदिएर बजारमा एक किसिमको हलचल ल्याएको बीमा प्राधिकरणले अभिकर्तालाई नै जोडेर अहिले फेरि अर्को व्यवस्था गरेको छ। 

अभिकर्तालाई परीक्षा अनिवार्य गरिदिएपछि एक प्रकारले आलोचित बनेको बीमा प्राधिकरणले अहिले फेरि अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था लागू गरेको छ। प्राधिकरणले संस्थाको सुशासन सम्बन्धी निर्देशिका २०८० मार्फत् अभिकर्ता (एजेन्ट) ले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था गरेको हो। 

Read More