कृषि बीमाको अनुदान बापत सरकारले भुक्तानी गर्यो ७ अर्ब,अझै १ अर्ब बाँकी


  • Himalayan Bank Limited (HBL)
कृषि बीमाको अनुदान बापत सरकारले भुक्तानी गर्यो ७ अर्ब,अझै १ अर्ब बाँकी

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमाको ४४ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ बीमांक बराबरको बीमा गराएका छन् । सो रकम आर्थिक वर्ष २०७९।८० को हो । त्यस्तै, समिक्षा अवधिमा नेपाल सरकारले कृषि बीमाका लागि १ अर्ब ७३ करोड २२ लाख रुपैयाँ रकम बीमाशुल्क प्रिमियम को अनुदान बापत बीमा कम्पनीहरुलाई दिइसकेको छ । सोही आर्थिक वर्ष २०७९।८० मा लिएको कृषि बीमा बापतको बीमाशुल्क भने २ अर्ब १६ लाख ५३ करोड रुपैयाँ रहेको तथ्यांक बीमक संघ समक्ष रहेको छ ।

कृषि बीमामा नेपाल सरकारले अनुदान दिने चलन आर्थिक वर्ष २०७०।७१ बाट सुरु गरेको हो भने सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीमाशुल्क जम्मा ३ करोड ४० लाख ४९ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, सोही अवधिमा ६२ करोड ५४ लाख ४ हजार रुपैयाँ रहेको तथ्यांकमा देखिन्छ । सुरुको वर्षमा नेपाल सरकारले बीमा कम्पनीहरुलाई १ करोड ७० लाख २४ हजार रुपैयाँ कृषि बीमाको अनुदान बापत प्रदान गरेको थियो ।

Read More