सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी दायरामा ल्याउनेः रजिष्ट्रार


  • Himalayan Bank Limited (HBL)
सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी दायरामा ल्याउनेः रजिष्ट्रार

सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउने बताएका छन् । नेफ्सकुनले आयोजना गरेको लेखा सुपरीवेक्षण राष्ट्रिय गोष्ठीमा रजिष्ट्रारले सहकारीको नाममा गैर सहकारी कारोबार गर्नेलाई कारवाही गर्न विभाग पछि नपर्ने बताएका हुन् ।

सहकारीको प्रभावकारी नियमन गर्नका लागि बैशाख मसान्त भित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने छ । सहकारीलाई बदनाम गर्ने र गलत गर्नेलाई कारवाही गरेरै छाड्ने रजिष्ट्रारको दाबी छ । सहकारी लेखा समितिले सजगता साथ काम गरे समस्या आउदैन । अहिले देखिएका समस्या समाधानमा पनि लेखा सुपरिवेक्षण परिक्षणले सहकारीको वर्तमान समस्यालाई समाधान गर्न भूमिका खेल्ने उनको धारणा छ ।

Read More