२७१ वटा सहकारीविरुद्ध उजुरी


  • Himalayan Bank Limited (HBL)
२७१ वटा सहकारीविरुद्ध उजुरी

हेटौँडा, वैशाख २५ गते । पछिल्लो समय सहकारीप्रति आम नागरिकको विश्वास घट्दो छ । सहकारीमा जम्मा गरेको बचत रकम हिनामिना हुने क्रम बढेसँगै सहकारीप्रतिको विश्वास घटेको हो । बागमती प्रदेशको काठमाडौँका सहकारीविरुद्ध उजुरी धेरै परेको तथ्याङ्कले देखाउँछ । 

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयअन्तर्गतको सहकारी महाशाखामा २०८१ वैशाख २३ आइतबारसम्म २७१ वटा सहकारीविरुद्ध उजुरी परेको छ । सबैभन्दा धेरै काठमाडौँका सहकारी विरुद्ध १७२ उजुरी छ भने प्रदेशको सिन्धुली, धादिङ र रसुवामा सहकारी विरुद्ध शून्य उजुरी छ । महाशाखाको तथ्याङ्क अनुसार ललितपुरका ३३, भक्तपुरका १६, काभ्रेपलान्चोकका ७, चितवन, रामेछाप र मकवानपुरका २-२, सिन्धुली, दोलखा र नुवाकोटबाट एक÷एक उजुरी परेको हो । 

Read More