काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले रोडसो सेक्युरिटिज (ब्रोकर नम्बर ९२) को ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बन्द गरिदिएको छ । यस ब्रोकरले नेप्सेलाई टीएमएस प्रयोग गरे बापत बुझाउनु पर्ने फि नबुझाएको कारण उक्त सेवा बन्द गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।



