२४ वैशाख, काठमाडौं । वाणिज्य बैंकहरूको कुल निष्क्रिय कर्जा बढ्दै गए पनि सम्भावित कर्जा नोक्सानीका लागि बैंकहरूले गरेको ‘प्रोभिजन’ ले गर्दा खुद निष्क्रिय कर्जा तथ्यांक भने जोखिमपूर्ण अवस्थामा नरहेको देखिएको छ ।
बैंकहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष (आव) २०८०/८१ तेस्रो त्रैमाससम्मको विवरणमा खुद निष्क्रिय कर्जा अनुपातले बैंकहरूले पर्याप्त मात्रामा कर्जा नोक्सानी व्यवस्था गरेको देखिएको छ ।



