तरलता थुप्रिएपछि एसएमई कर्जाको मार्केटिङमा बैंकहरु


  • Himalayan Bank Limited (HBL)
तरलता थुप्रिएपछि एसएमई कर्जाको मार्केटिङमा बैंकहरु

बैंकहरुमा अधिक तरलता थुप्रिएको अवस्थामा बैंकहरु एसएमई कर्जाको मार्केटिङमा लागेका छन्। बैंकमा ठूला कर्जाको माग नभएपछि बैंकहरु एसएमई कर्जाको मार्केटिङ गर्न थालेका हुन्।

ब्याजदर घट्दा पनि बैंकहरुमा कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले सस्तो ब्याजदर राखेर ग्राहकलाई कर्जा लिन बोलाउन थालेका हुन्। अहिले धेरै बैंकहरुले यस्ता अफरसहितका योजना सार्वजनिक गरिरहेका छन्।

बैंकहरुले अहिले घर, गाडीलगायतका कर्जामा न्युन ब्याजदर कायम गरेर ग्राहकलाई कर्जा लिन बोलाइरहेका छन्। घर कर्जामा केही बैंकले ब्याजदर ९ प्रतिशतभन्दा पनि तल झारेका छन्। गाडी कर्जा र अन्य साना उद्याेगमा दिने कर्जामा समेत बैंकहरुले ब्याजदर घटाएका छन्।

Read More