सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सिलिङ एक खर्ब बढाउने तयारी गरेको छ।
१८ खर्बको बजेट सिलिङ सार्वजनिक गरेको अर्थमन्त्रालयले सिलिङ बढाएर १९ खर्ब पुर्याउन लागेको हो।
बजेट सिलिङ बढ्ने संकेत प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन्। नेकपा माओवादी संसदीय दलको बैठकमा १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्। जनतालाई आशा जगाउन सिलिङ बढाउन लागेको बताएका थिए।


