प्रत्येक अमेरिकी नागरिकको टाउकोमा १ लाख ३ हजार डलर ऋणको भार, ६ महिनामा थपियो २ हजार ७६४ डलर


  • Himalayan Bank Limited (HBL)
प्रत्येक अमेरिकी नागरिकको टाउकोमा १ लाख ३ हजार डलर ऋणको भार, ६ महिनामा थपियो २ हजार ७६४ डलर

काठमाडौं : हरेक अमेरिकी नागरिकको टाउकोमा १ लाख ३ हजार डलर भन्दा धेरैको सार्वजनिक ऋणको भार परेको छ । ‘युएस डेब्ट क्लक’का अनुसार प्रत्येक नागरिकको भागमा १ लाख ३ हजार ११६ डलर अर्थात, नेपाली रुपैयाँ (सोमबारको विनिमय दर अनुसार) १ करोड ३७ लाख ३२ हजार रुपैयाँ भन्दा धेरै बराबरको ऋणको भार परेको हो । 

६ महिनामा प्रतिव्यक्ति ऋणको भार २ हजार ७६४ डलर बढेको छ । यो ३ लाख ६८ हजार नेपाली रुपैयाँ भन्दा धेरै हो । यसअघि, नोभेम्बरमा हरेक अमेरिकी नागरिकको टाउकोमा १ लाख ३५२ डलर बराबरको ऋणको भार परेको थियो । त्यसैगरी, प्रत्येक करदाता (ट्याक्सपेयर) को भागमा २ लाख ६६ हजार ९५१ डलर सार्वजनिक कर्जाको भार परेको छ । उक्त दर थपिंदै गएको देखिन्छ । 

Read More