आईपीओ र हकप्रद निष्काशन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको निर्माण प्रभावित


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आईपीओ र हकप्रद निष्काशन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको निर्माण प्रभावित

प्राथमिक (आइपीओ)/हकप्रद शेयर निष्काशन का लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत आयोजनाको शेयर निष्काषन प्रक्रिया लामो समयदेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्काशन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको हो ।

लामो समयसम्म आयोजनाको शेयर निष्काशन गर्न नपाउँदा आयोजनाको निर्माण प्रभावित भएको प्रवर्द्धकहरुले बताएका छन् । गत आर्थिक वर्षमा ४२ कम्पनीको आइपीओ जारी भएकोमा २९ वटा जलविद्युत कम्पनीहरु रहेका थिए । तर चालू आर्थिक वर्षमा भने गत भदौ ५ गते भिजन लुम्बीनी ऊर्जा कम्पनीको आइपीओ जारी हुनुबाहेक अरु कुनै पनि जलविद्युत कम्पनीको आइपीओ निष्काशन भएको छैन । 

Read More