जेठ १ गतेदेखि लागु हुने गरी घट्यो ब्रोकर कमिसन


  • Himalayan Bank Limited (HBL)
जेठ १ गतेदेखि लागु हुने गरी घट्यो ब्रोकर कमिसन

धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको वैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको छ।

'हिजो सञ्चालक समितिको बैठक बसेर ब्रोकर कमिसन प्रस्ताव अनुसार नै १० प्रतिशतले घटाउने निर्णय गरेको छ,' धितोपत्र बोर्डका एक सञ्चालकले भने, 'जेठ १ गतेदेखि लागु हुने गरी यस्तो निर्णय भएको हो। तर यसमा सबै सञ्चालकको हस्ताक्षर हुन बाँकी छ।'

'ब्रोकर कमिसन घटाउने विषयमा केही प्राविधिक कारण आएकोले निर्णय हुन नसकेको हो,' बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले भने। उनले प्राविधिक कारण के हो भन्ने कुरा खुलाउन चाहेनन्।

Read More