काठमाडौं । नेपाल बीमा प्राधिकरणले शाखा रहित घुम्ती बीमा सेवा चार वर्ष अघि संचालनमा ल्याएको थियो । उक्त योजनाले नागरिकहरुलाई बीमा कम्पनीहरुको शाखा कार्यालय नभएको ठाउँमा पनि बीमा गर्न मिल्ने प्रावधान अघि सारेको थियो । सुरुवाती दिनमा घुम्ती बीमा कार्यक्रमले आम नागरिकहरुलाई निकै सहजता प्रदान गरेको थियो ।
झट्ट हेर्दा बैंकहरुले संचालन गरेको शाखारहित सेवा जस्तै यो सेवा पनि उस्तै देखिएको थियो । समान प्रकृती देखिए पनि बीमा कम्पनी र बैंकहरुको कार्य प्रकृति भिन्न भएकाले नै यस्तो सेवाको अपरिहार्यताको बारेमा निकै चर्चा भयो । उदरपूरको बेलका नगरपालिकाबाट शुभारम्भ गरिएको सो कार्यक्रमले देशव्यापी रुपमा राम्रै चर्चा बटुल्यो ।



