काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा रहेको रुरल डेभलपमेन्ट सेभिङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आङबाबु राई र सचिव विनोदमणि राईले बचतकर्ताबाट उठाएको रकमबाट २७ आना जग्गा खरिद गरेको स्वीकार गरेका छन् ।
– १३ लाख कर्जा ऋण तिर्दा पनि अध्यक्ष आङबाबुले मलाई मानसिक तनाब दिए : इन्द्र राई
अध्यक्ष आङबाबु र सचिव विनोदमणिले संयुक्त रूपमा पठाएको पत्रानुसार बचतकर्ताको रकमबाट काठमाडौं भीमढुंगामा १ रोपनी नभई २७ आना जग्गा व्यक्तिको नाममा खरिद गरेको स्वीकार गरेका छन् । पत्रमा भनिएको छ, ‘संस्थाको नाममा २७ आना जग्गा कोषाध्यक्ष अप्सरा श्रेष्ठ र सदस्य राधिका तामाङको नाममा रहनेगरी दर्ता गरिएको छ, सो कुरा संस्थाको वार्षिक अडिट रिपोर्टमै उल्लेख गरिएको छ ।’



