रेमिट्यान्स निरन्तर बढ्दै, बाह्य क्षेत्र बलियो हुँदा पनि आन्तरिक अर्थतन्त्र मन्दीमै


  • Himalayan Bank Limited (HBL)
रेमिट्यान्स निरन्तर बढ्दै, बाह्य क्षेत्र बलियो हुँदा पनि आन्तरिक अर्थतन्त्र मन्दीमै

चालु आर्थिक वर्षदेखि मासिक १ खर्ब बढी रेमिट्यान्स भित्रिन थालेको छ। गत आर्थिक वर्षको पछिल्लो ५ महिनादेखि नै १ खर्ब बढीको रेमिट्यान्स आप्रवाह हुन थालेकोमा चालु आर्थिक वर्षमा पनि निरन्तर बढ्दै गएको छ।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यसअनुसार चालु आर्थिक वर्षमा औसतमा मासिक १ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको पहिलो ८ महिनामा औसतमा ९९ अर्ब रुपैयाँ आएको थियो।

अहिले बैदेशिक रोजगारीमा जाने नेपालीहरुको सँख्या बढीरहेको छ भने अर्कोतर्फ अध्ययनको लागि बाहिरिने नेपाली विद्याथाीको सँख्या समेत बढिरहेको छ। यसले गर्दा पनि पछिल्ला महिनाहरुमा रेमिट्यान्स बढ्दै गएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षभरिमा नेपालले १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। ८ महिनाको तथ्याँक हेर्दा चालु आर्थिक वर्षमा त्योभन्दा निकै धेरै रेमिट्यान्स भित्रिने देखिन्छ। बजारमा माग नै नभएकाले अहिले विगतका वर्षहरुमा धेरै आयात हुने सामानहरुको आयात नै घटेको छ। नेपालमा पछिल्लो समय रेमिट्यान्स बढ्नुमा कोभिड पछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा वृद्धि हुनु, अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमुल्यन हुनु र रेमिट्यान्स आप्रवाहमा प्रविधि प्रयोगको कारण सहजता आउनु नेपालमा रेमिट्यान्स बढ्नु प्रमुख कारण रहेको छ।

Read More