पुँजीगत बजेट खर्च बल्ल खर्बमा


  • Himalayan Bank Limited (HBL)
पुँजीगत बजेट खर्च बल्ल खर्बमा

काठमाडौं– सरकारले पुँजीगत बजेटमा जति रकम विनियोजन गरे पनि एक खर्ब रुपैयाँ खर्च हुन न्यूनतम ९ महिना लाग्ने गरेको छ । पछिल्ला चार वर्षको पुँजीगत बजेट खर्चको तथ्यांकलाई केलाउँदा चैतभन्दा अगाडि एक खर्ब रुपैयाँ खर्च भएको देखिँदैन । चालु आर्थिक वर्षको पुँजीगत बजेटको खर्च एक खर्ब रुपैयाँ पुग्न वैशाख ७ सम्म लागेको छ ।

चालु आवमा १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले पुँजीगत शीर्षकमा तीन खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये वैशाख ७ मा आउँदा बल्ल खर्च एक खर्ब रुपैयाँ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख ७ मा पुँजीगत खर्च एक खर्ब ७ करोड रुपैयाँ पुगेको छ । यो वार्षिक लक्ष्यको ३३.४ प्रतिशतमात्र हो । यो तथ्यांकअनुसार वार्षिक लक्ष्य पूरा गर्न सरकारले दुई महिना २३ दिनमा २ खर्बभन्दा बढी खर्च गर्नु पर्नेछ ।

Read More