सुर्खेत । दैलेखमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु गरिएको छ । आइतबार सङ्घ सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अन्तिम चरणको ‘ड्रिलिङ’ कार्य उद्घाटन गरेका हुन् ।
‘ड्रिलिङ’ कार्य सुरु भएसँगै अबको ५–७ महिनामा पेट्रोलियम पदार्थ भए नभएको पुष्टि हुनेछ । ड्रिलिङको पनि विभिन्न चरण हुन्छ । पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश कुमार नापित भन्छन्, ‘बिचमा कुनै टेक्निकल समस्या नआएको खण्डमा अबको पाँच महिनामा पेट्रोलियम पदार्थ छ वा छैन भन्ने कुराको पुष्टि हुनेछ ।’



