राष्ट्रिय वाणिज्य बैंकको सीइओ बन्नलाई दर्जनौं व्यक्तिहरु आकांक्षीको रुपमा देखिएका छन्। अन्तिम समयमा आवेदन दिने नेपाली प्रवृत्तिलाई पछाउदै अहिलेसम्म कुनै आवेदन नपरेपनि आकांक्षीहरु भित्रै भित्रै लाइन मिलाउन शक्तिकेन्द्र धाउने गरेको पाइएको हो।
वैशाख २७ गते भित्र आवेदन आइपुग्ने गरि वैशाख ७ गते सीइओको लागि दरखास्त आवेदन खुला गरीएपनि अहिलेसम्म आवेदन परेको छैन। तर आकांक्षीहरुको दौडधुप हेर्दा त्यो दिनसम्म दर्जन बढी आवेदन पर्न सक्ने अनुमान गर्न सकिन्छ। अहिलेसम्म आवेदन नआएपनि सीइओका आकांक्षीहरु बैंक पुगेर आफू अनुकुल सूचना लिने गरेका छन्।







