सेयर ब्रोकरको कार्यक्षेत्र बिस्तार हुने, अब घट्ला त ब्रोकर कमिशन ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर ब्रोकरको कार्यक्षेत्र बिस्तार हुने, अब घट्ला त ब्रोकर कमिशन ?

धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार हुने भएको छ। सेयर दलालहरुले आफ्नो कार्यक्षेत्र बिस्तारको माग राख्दै आएको लामो समयपछि धितोपत्र बोर्डले कार्यक्षेत्र बिस्तार गर्ने घोषणा गरेको हो। 

बोर्डले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सेयर दलाल व्यवसायीलाई ब्रोकर डिलरसीप तथा एड्भाइजरी सर्भिसको काम गर्न दिने घोषणा गरेको हो।

सेयर दलालको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको ब्रोकर कमिशन घटाउनु पर्ने माग बढिरहेको बेला खर्च धान्न गाह्रो हुने भन्दै ब्रोकर व्यवसायीहरुले क्षेत्राधिकार बिस्तारको माग गर्दै आएका थिए। 

Read More
  • MBL - below news