समयमै कर नतिर्ने २५ कम्पनीलाई १५ दिने अल्टिमेटम, सूचीमा जनक शिक्षादेखि नर्भिक अस्पतालसम्म


  • Himalayan Bank Limited (HBL)
समयमै कर नतिर्ने २५ कम्पनीलाई १५ दिने अल्टिमेटम, सूचीमा जनक शिक्षादेखि नर्भिक अस्पतालसम्म

काठमाडौं । २५ वटा ठूला कम्पनीले आयकर र मूल्यअभिवृद्धि कर नतिरेपछि ठूला करदाता कार्यालयले १५ दिनभित्र बक्यौता तिर्न अल्टिमेटम दिएको छ । सोमबार सूचना सार्वजनिक गर्दै कार्यालयले १५ दिनभित्र कर नतिरे आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म एवं मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ (१) तथा नियमावली, २०५३ को नियम ५२ र ५३ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

विभिन्न मितिमा कर संकलन भ्रमण, अनुरोध, पत्राचार, फोन सम्पर्क गरी जानकारी गराइए पनि हालसम्म बक्यौता रकम दाखिला नभएको कम्पनीले जनाएको छ । कतिपय करदातालाई भने फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेको, फर्मको ठेगानामा पत्राचार गर्दा हुलाक कार्यालयबाट करदाता पत्र फिर्ता आएको सूचनामा उल्लेख छ ।

Read More