अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान ४.८७ प्रतिशतमा सीमित, कसरी गर्ने लगानीकर्ता आकर्षित?


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान ४.८७ प्रतिशतमा सीमित, कसरी गर्ने लगानीकर्ता आकर्षित?

नेपालको अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान हरेक वर्ष घट्दो क्रममा देखिएको छ। 

कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ प्रयोग वा प्रशोधन गरेर मालवस्तु उत्पादन गर्ने उद्योगहरू उत्पादनमूलक उद्योगमा पर्छन्। यस्ता उद्योगको उत्पादन बढाउँदै जादा रोजगारी बढाउन र व्यापार सन्तुलन कायम गर्न सहयोग पुग्ने भएकोले पनि सरकारले प्राथमिकतामा राखेको छ।

तर, चालु वर्षमा अनुमान गरिएको ५७ खर्ब चार अर्बको अर्थतन्त्र (प्रचलित मूल्यमा)मा उत्पादनमूलक उद्योगको योगदान जम्मा ४.८७ प्रतिशतमा सीमित छ। 

सरकारले पछिलो पाँच वर्षमा औसत ९.६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो भने। आर्थिक वर्ष २०८०/८१ सम्म उद्योगको योगदान ६.५ प्रतिशत पुग्ने आकलन गरिएको थियो।

Read More