पेट्रोलियम तेलको निर्यात इरानको अर्थ व्यवस्थाको जीवनरेखा मानिन्छ । तर, अप्रिलको मध्यतिर इजरायलमा मिसाइल तथा ड्रोनबाट आक्रमण गरेपछि इरानी तेलको निर्यातमाथि कडा प्रतिबन्धका लागि अपिल सुरु भएको छ ।
इरानको भन्सार कार्यालयका प्रमुखका अनुसार इरानविरुद्धमा उठाइएका कदमहरुका बाबजुत यो वर्ष सन् २०२४ को पहिलो त्रैमासिकमा इरानले ३५ अर्ब ८० करोड डलर बराबरको तेल निर्यात गरेको छ, जुन पछिल्लो ६ वर्षको तुलनामा सबैभन्दा धेरै हो ।



