पाँचथर पावरको विद्युत उत्पादन बन्द हुँदा कम्पनी १२ करोड घाटामा


  • Himalayan Bank Limited (HBL)
पाँचथर पावरको विद्युत उत्पादन बन्द हुँदा कम्पनी १२ करोड घाटामा

काठमाडौं : पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १२ करोड ५ लाख ८५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यो कम्पनी ८ करोड ६० लाख रुपैयाँ नाफामा थियो । विद्युत उत्पादन बन्द हुँदा यसले घाटा व्यहोरेको हो । 

गत असारमा आएको बाढीका कारण यस कम्पनीको विद्युत आयोजनमा क्षति पुर्याएको छ । हालसम्म पनि उक्त आयोजना निर्माण हुँदैछ । यस कम्पनीको वित्तीय खर्च भने ९ करोड ३४ लाखबाट बढेर ११ करोड ९० लाख रुपैयाँ पुगेको छ । 

Read More