संकटग्रस्त सहकारी छानबिन गर्न संसदीय समिति बनाउने पक्षमा प्रधानमन्त्री


  • Himalayan Bank Limited (HBL)
संकटग्रस्त सहकारी छानबिन गर्न संसदीय समिति बनाउने पक्षमा प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संकटग्रस्त सहकारी छानबिनका लागि संसदीय समिति बनाउन सकिने संकेत गरेका छन् । शनिबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा उनले समिति गठनबारे सत्तारूढ दल र प्रमुख प्रतिपक्ष कांग्रेसबीच छलफल गरिने बताएका हुन् ।

कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राखेको छ । तर प्रधानमन्त्री दाहालले बैठकमा व्यक्ति तोकेर नभई समग्र संकटग्रस्त सहकारीको छानबिन गरिने बताए । ‘संकटग्रस्त सहकारी र बचतकर्ताको रकम हिनामिना छानबिनबारे प्रधानमन्त्रीज्यूले संसदीय समिति गठन गर्न सकिने जानकारी दिनुभएको छ,’ माओवादी सांसद माधव सापकोटाले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘व्यक्ति तोकेर नभई समग्र सहकारीको समस्या समाधानका लागि समिति बनाउनेबारे गृहकार्य भइरहेको छ ।’

Read More