सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयलाई लिएर भारतले असन्तुष्टि जनाएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।
चुनावी अभियानका क्रममा भुवनेश्वर पुगेका जयशंकरले पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफ दिने क्रममा असन्तुष्टि ब्यक्त गरेका हुन। यस जयशंकरले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयलाई नेपालको एकल निर्णय भनेका छन्।


