२० वैशाख, काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डकै प्रस्तावअनुसार ‘ब्रोकर कमिसन’ घटाउन स्वीकृत दिए पनि कार्यान्वयनमा भने आलटाल देखिएको छ ।
एक साताअघि अर्थमन्त्री वर्षमान पुनले मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डको प्रस्तावअनुसार कमिसन दर घटाउन स्वीकृति दिएका थिए । तर, बोर्डले स्वीकृति पाइसकेपछि भने कार्यान्वयनमा आलटाल गरेको छ ।



