नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत


  • Himalayan Bank Limited (HBL)
नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रवार (आज) नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्कासन गरेका विकास ऋणपत्रहरू सूचीकृत भएका छन् । 

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिएको कुल रू. २२ अर्ब ६९ करोड बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो । २०८८ ‘ज’ नामक विकास ऋणपत्र आठ वर्ष अवधिको लागि रू. ७ अर्ब बराबरको, २०८८ ‘झ’ नामक विकास ऋणपत्र आठ वर्ष अवधिको रू. ८ अर्ब बराबरको र २०८६ ‘ड ’ नामक विकास ऋणपत्र ६ वर्ष अवधिको रू. ७ अर्ब ६९ करोड बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।

Read More