एप्पलको इपीएस १.५३ डलर, १.१० खर्ब डलरको सेयर ‘बाई ब्याक’ गर्ने घोषणापछि सेयर भाउमा उच्च वृद्धि


  • Himalayan Bank Limited (HBL)
एप्पलको इपीएस १.५३ डलर, १.१० खर्ब डलरको सेयर ‘बाई ब्याक’ गर्ने घोषणापछि सेयर भाउमा उच्च वृद्धि

काठमाडौं : अमेरिकाको प्रविधि कम्पनी एप्पलले अमेरिकी आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै १ खर्ब १० अर्ब डलर बराबरको सेयर बाई ब्याक गर्ने पनि घोषणा गरेको छ । दोस्रो त्रैमासमा अनुमानभन्दा बढी आम्दानी गरेको र ठूलो रकम बराबरको सेयर बाई ब्याक गर्ने घोषणापछि बिहीबारको अतिरिक्त कारोबार समयमा कम्पनीको सेयर भाउ ७% ले वृद्धि भएको छ ।

आइफोन निर्माताको सञ्चालक समिति १ खर्ब १० अर्ब रुपैयाँको सेयर बाई ब्याक गर्न स्वीकृति दिएको कम्पनीले जानकारी गराएको छ । उक्त बाई ब्याक रकम गत वर्षको ९० अर्ब डलरको तुलनामा २२% धेरै र इतिहासकै उच्च पनि हो । यद्यपि, दोस्रो त्रैमासमा समग्र बिक्री ४% र आइफोनको बिक्री १०% ले घटेको सीएनबीसीले उल्लेख गरेको छ । बिक्री घट्नुको कारण गत वर्षको तुलनमामा प्रतिस्पर्धा बढी हुनु कम्पनीले बताएको छ ।

Read More