बैंकमा साढे ६ खर्ब थुप्रिँदा पनि वित्तीय–बिमा क्षेत्रको वृद्धिदरमा सुधार


  • Himalayan Bank Limited (HBL)
बैंकमा साढे ६ खर्ब थुप्रिँदा पनि वित्तीय–बिमा क्षेत्रको वृद्धिदरमा सुधार

काठमाडौँ — चालु आर्थिक वर्षमा वित्तीय र बिमा क्षेत्रको वृद्धिदर ७.८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । अपेक्षित रूपमा कर्जा प्रवाह नहुँदा बैंक तथा वित्तीय संस्थामा करिब साढे ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएका बेला पनि वित्तीय तथा बिमा क्षेत्रको वृद्धिदरमा सुधार हुने देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान प्रतिवेदनले औंल्याएको छ ।

गत आर्थिक वर्षको तुलनामा यो प्रक्षेपण ०.५४ प्रतिशत बिन्दुले बढी हो । गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर ७.२७ प्रतिशत हुने संशोधित अनुमान छ ।

Read More