नेपाल राष्ट्र बैंकद्वारा ५ सदस्यीय मौद्रिक नीति सल्लाहकार समिति गठन


  • Himalayan Bank Limited (HBL)
नेपाल राष्ट्र बैंकद्वारा ५ सदस्यीय मौद्रिक नीति सल्लाहकार समिति गठन

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबारे सुझाव दिन विज्ञहरू सम्मिलित सल्लाहकार समिति गठन गरेको छ । बैंकले राष्ट्र बैंकका तीन जना र बाहिरका दुई जना विज्ञ सल्लाहकारसहित पाँच सदस्यीय समिति गठन गरिएको हो । 

राष्ट्र बैंकबाट संयोजक डा.निलम ढुंगाना, अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ र अनुसन्धान विभागकै निर्देशक सत्येन्द्र सुवेदी रहेका छन् ।   यसैगरी वाह्य विज्ञहरुमा डा. मणिकलाल श्रेष्ठ र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशात्र विभागका प्रमुख सो समितिमा सदस्यको रुपमा रहने व्यवस्था गरिएको छ । समिति गठन हुँदा सो विभागको प्रमुखका डा.शिवराज अधिकारी थिए । र समितिमा पनि उनी नै थिए। तर उनी हाल राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएपछि  विभागको प्रमुख रिक्त रहेको छ । अब  सो विभागको प्रमुख बन्ने व्यक्ति नै मौद्रिक नीति सल्लाहकार समितिमा रहने छन्। 

Read More