गत आर्थिक वर्षमै घोषणा भएको तर, कार्यविधि नबन्दा गत वर्ष कार्यान्वयनमा आउन नसकेको ‘स्टार्टअप कर्जा’ कार्यक्रम कार्यान्वनको अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि घोषित स्टार्टअप प्रोत्साहन अन्तर्गत माग भएको प्रस्ताव अनुसार ३९४ स्टार्टअप उद्यमी योग्य देखिएका छन् । उनीहरुको व्यसायिक योजनाको प्रस्तुति सुरु भएको छ ।
३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा दिने बजेटको घोषित कार्यक्रम अन्तर्गत उद्योग विभागले बनाएको स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० स्वीकृत भएसँगै कर्जाका लागि प्रस्ताव आह्वान भएको थियो । प्रतिष्ठानले माघ १९ गतेदेखि फागुन १० गतेसम्म प्रस्तावहरु संकलन गरेको थियो ।


