अमेरिकी फेडरल रिजर्भकाे प्रमुख ब्याजदर पुनः एकपटक स्थिर


  • Himalayan Bank Limited (HBL)
अमेरिकी फेडरल रिजर्भकाे प्रमुख ब्याजदर पुनः एकपटक स्थिर

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले पुनः एकपटक प्रमुख ब्याजदर स्थिर राखेकाे घाेषणा गरेकाे छ । केन्द्रीय बैंक फेडरल रिजर्भले व्याजदरमा कुनै परिवर्तन नगरेर ५.२५% देखि ५.५०% मा स्थिर राखेको हाे ।

अमेरिकी फेडले बुधबार मध्यरातमा ब्याजदरबारे आफ्नो निर्णयकाे घोषणा गरेको हो । यससँगै अमेरिकी फेडले ट्रेजरी रिडेम्पसन क्याप पनि घटाएको छ ।

बजार विज्ञहरूका अनुसार व्यापारिक दृष्टिकोणले यो खासै उत्साहजनक समाचार होइन । अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार लगानीकर्ताहरूलाई बुधबारको फेडरल रिजर्भको याे निर्णयले निकै दिक्क लागेकाे छ । अधिकारीहरूले २०२३काे जुलाईकै ब्याजदरलाई निरन्तरता दिएका हुन्।

Read More