आउन थाले महिनामै १ लाख बढी पर्यटक


  • Himalayan Bank Limited (HBL)
आउन थाले महिनामै १ लाख बढी पर्यटक

२० वैशाख, काठमाडौं । सन् २०२४ मा पर्यटक आगमन औसत मासिक १ लाखभन्दा माथि पुगेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अप्रिलसम्म कुल ४ लाख १६ हजार ६९ पर्यटक नेपाल आएका छन् । यस आँकडाअनुसार मासिक १ लाख ४ हजार १७ पर्यटक नेपाल आएका छन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अप्रिलमा मात्र १ लाख ११ हजार ३ सय ७६ पर्यटक नेपाल आएका छन् ।

आँकडाअनुसार लगातार दोस्रो महिना (मार्च र अप्रिल) १ लाखमाथि पर्यटक आएका हुन् । त्यसअघिका दुई महिना जनवरी र फेब्रुअरीमा १ लाखभन्दा कम पर्यटक आए पनि पछिल्लो दुई महिनाको आगमनले औसत १ लाखमाथि पर्यटक आगमन भइरहेको देखाउँछ ।

Read More