काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गैरआवासीय नेपालीलाई वैदेशिक रोजगार बचतपत्र– २०८६ (५ वर्षे) खरीदका लागि आह्वान गरेको छ ।
कार्यालयले बिहीवार (आज) सूचना प्रकाशन गरी १ अर्ब रूपैयाँको उक्त बचतपत्र खरीदका लागि आह्वान गरेको हो ।
यही वैशाख २३ देखि जेठ २२ गतेसम्म विक्री खुला गरिने उक्त बचतपत्र घटीमा रू. १० हजार र बढीमा रू. १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकको रकमसम्म खरीद गर्न पाइने सूचनामा उल्लेख छ । उक्त बचतपत्रको वार्षिक ब्याजदर ९ प्रतिशत रहने सूचनामा उल्लेख छ ।



