सूचना तथा सञ्चार क्षेत्रको वृद्धि प्रक्षेपण ४.९१ प्रतिशत


  • Himalayan Bank Limited (HBL)
सूचना तथा सञ्चार क्षेत्रको वृद्धि प्रक्षेपण ४.९१ प्रतिशत

काठमाडौँ — चालु आर्थिक वर्षमा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक लेखा तथ्यांक प्रतिवेदनले उक्त अनुमान गरेको हो । कम्प्युटर प्रोगामिङ एवं इन्फर्मेसन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार र ताररहित सञ्चार सेवामा भएको वृद्धिका कारण यस क्षेत्रमा सुधार हुने कार्यालयको अनुमान छ ।  

गत आव २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत रहने संशोधित अनुमान थियो । आव २०७८/७९ को अन्तिम तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.१९ प्रतिशत कायम गरिएको हो । सञ्चार तथा सूचना प्रविधि क्षेत्रको कुल उत्पादन २ खर्ब ४५ अर्ब १० करोड २० लाख रुपैयाँ हाराहारी रहने आकलन गरिएको छ । यस्तो रकम अघिल्लो आवमा २ खर्ब ३२ अर्ब ८४ करोड ८० लाख रुपैयाँ बराबर रहेको प्रतिवेदनमा उल्लेख छ ।

Read More