शेयर बजार सुधारको संकेत, भोलिदेखि पुँजीगत लाभकर घट्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर बजार सुधारको संकेत, भोलिदेखि पुँजीगत लाभकर घट्यो

काठमाडौं । आगामी आर्थिक वर्षमा भोलि अर्थात साउन १ गतेदेखि पुँजीगत लाभकर ५ प्रतिशत मात्र तिरे हुने भएको छ । ७.५ प्रतिशत रहेको पुँजीगत लाभकर घटाएर ५ प्रतिशतमा सीमित गरिएकाले लगानीकर्ताले घटेको पुँजीगत लाभकर तिर्नुपर्ने भएको हो ।

आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत लाभकरको दर घटाएर ५ प्रतिशतमा झार्ने, गैरआवासीय नेपालीलाई शेयर बजारमा भित्र्याउने, भारित औसत लागत ( वेटेड एभरेज) विधिबाट कर लागू गरिने, बिग मर्जर वा बैंक मर्जरलाई प्रोत्साहन गर्ने, लगानीयोग्य रकम (तरलता) को अभावको समस्या समाधान गर्न पहल गर्नेलगायतका सकारात्मक प्रभाव पार्ने नीति समावेश भएका छन् । यिनै नयाँ नीतिका कारण शेयर बजारमा सकारात्मक  प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

असार मसान्तमा ऋण र त्यसको ब्याज बुझाउनका लागि नेप्से ओरालो लाग्न पुगेको थियो । त्यसको असर सकिएसँगै शेयर बजार उकालो लाग्ने संकेत देखिएको छ । बैंक तथा वित्तीय संस्थाले साउनदेखि धमाधम वित्तीय विवरण सार्वजनिक गर्न थाल्ने, कर्जाको ब्याजदर घट्नेलगायतका कारणले शेयर बजारमा वृद्धि देखिएको स्कट ब्रोकरको भनाइ छ ।

 साउनको पहिलो सातादेखि नै बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण आउने छ । उनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणमा अधिकांश बैंक तथा वित्तीय संस्थाको नाफा उल्लेख रुपमा बढ्ने निश्चित छ । त्यसपछि उनीहरुले कति लाभांश वितरण गर्न सक्छन् भनेर अनुमानसहितको हिसाब किताब लगानीकर्ताले गर्ने छन् । त्यसपछि शेयर बजार बढ्ने निश्चत छ । 

त्यसैगरी असारे विकासले बैंकिड प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै गएको छ । बैंकमा त्यस्तो रकम आएपछि कर्जाको ब्याजदर पनि घट्ने अनुमान गरिएको छ । केही बैंकहरुले कर्जाको ब्याजदर घटाउन थालिसकेका छन् । खासगरी सरकारी स्वामित्वका बैंक कृषि विकास बैंकले कर्जाको ब्याजदर १ प्रतिशतले घटाउने सार्वजनिक रुपमा नै घोषणा गरिसकेको छ । अन्य बैंकले पनि कर्जाको ब्याजदर घटाउने तयारीमा छन् । 

Read More
  • MBL - below news