२० वैशाख, काठमाडौं । वि.सं. २०५० सालदेखि स्वदेशमै टायर उत्पादन थालेको गोरखकाली रबर उद्योग २०७१ चैतदेखि बन्द भयो । उपयुक्त नीति अभाव र उद्योगलाई राजनीतिक भर्ती केन्द्रका रूपमा विकास गरिनुले उद्योग व्यवस्थापन सहीरूपमा हुन सकेन ।
गोरखा मजुवामा अहिले यस उद्योगको करिब साढे ५ सय रोपनी जग्गा छ भने काम नलाग्ने अवस्थाका मेसिनरी पार्टपूर्जा छन् । रेखदेख गर्न केही कर्मचारी छन् । बहुसरकारी स्वामित्वको यस उद्योगले सर्वसाधारणमा २५ प्रतिशत सेयर जारी गरेको थियो ।





