काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा रहेको रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आङबाबु राई, सचिव विनोदमणि राई मिलेर सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेको पाइएको छ । अध्यक्ष र सचिवले कारोबार नै नभएका आफन्तको नाममा पासबुक बनाएर रकम फिर्ताका लागि भन्दै आफूहरूसँग उल्टै रकम असुल गरेको सहकारीका एक पदाधिकारीले बताए ।
सहकारीका एक पदाधिकारीका अनुसार रुरल सहकारीका अध्यक्ष र सचिव मिलेर झन्डै ५ करोड रुपैयाँ गोलमाल गरेका छन् । २०७५ सालसम्म ५० लाख नाफामा रहेको सो सहकारी त्यसपछि क्रमशः घाटामा गएको देखाउँदै बचतकर्ताबाट उठाइएको रकम घडेरी र अन्य निजी कम्पनीमा लगानी गरेपछि समस्या देखिन थालेको सहकारीका एक पदाधिकारीले बताए । सहकारीका अध्यक्ष आङबाबु राई एमाले नेतासमेत भएकाले सहकारीका अन्य पदाधिकारी बोल्नसक्ने अवस्थामा नभएको सहकारीका एक सदस्यले बताए ।



